बैंक तथा वित्तीय संस्थाको रिपोर्ट खिन्न लगानीकर्ता, फाइनान्समा आयो पहिरो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनी खराब कर्जा वृद्धि भएको देखिन्छ । डरलोग्दा अवस्था नभएपनि कम्पनीहरुको वित्तीय सुधारमा सकस परि रहेको छ । जसले गर्दा बजार अपेक्षा अनुसार सुधार हुन सकेन ।
वित्तीय रिपोर्टलाई लगानीकर्ताले रातो कार्पेटले स्वागत गरेको छ । खराब कर्जा बढ्नु र नाफा ओरालो लाग्दा लगानीकर्ता डराएका छन् ।
आज बैंक समूहको ०.२० प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत र माक्रोफाइनान्स समूहको ०.०४ प्रतिशतले घटेको छ । वित्तीय रिपोर्ट आएकै दिन सो समूहको शेयर मूल्य ओरालो लाग्न पुगेको छ ।
आज ११८ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ ।