उत्पादकत्व र रोजगारी बृद्धिमा लगानी गर्न कृषि विकास बैंकलाई अर्थमन्त्री पौडेलेको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृष विकास बैंक ५८ औं बार्षिकोत्सवको अवसरमा रोजगारी बृद्धिमा बैंकको भूमिका अपेक्षा गरेका छन् ।
कृषि विकास बैंक प्राङ्गणमा आयोजित ५८ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘उत्पादकत्व बृद्धि र रोजगारी बृद्धिमा कृषि विकास बैंकले लगानी बृद्धि गर्नुपर्नेछ ।’
अर्थमन्त्री पौडेलले पछिल्लो समय डिस्पर्स र निक्षेपको अनुपात नमिलेको बताउँदै सुधार गर्न समेत भनेका छन् । कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा भएको बैंकको ५८ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कर्मचारी र व्यवस्थापन सबैलाई मिलेर बैंकलाई उत्कृष्ट बैंक बनाउन भूमिका खेल्न आह्वान गरेका छन् ।
‘उत्पादकत्व र रोजगारी सिर्जना हुने ठाउँमा बैंकले आउँदो दिनको लगानी गर्नुपर्छ । बैंकमा निक्षेप संकलन राम्रो छ तर, त्यसलाइ लगानी गर्न कठिन छ । यस्ता समस्यालाइ समाधान गर्न मन्त्रालय सधै तत्पर रहने छ’ पौडेलले भने ।