वित्तीय सूचक अब्बल देखियो गरिमा विकास बैंकः नाफा ५५ करोड, वितरणयोग्य मुनाफा समेत उच्च
काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २.२० प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ७३ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड, चुक्तापूँजी ५ अर्ब ६८ करोड र जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको ४.७२ प्रतिशत पुगेको छ ।
पुष मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५०.१६ रुपैयाँ रहेको छ ।