६ महिनामा कृषि विकास बैंकले कमायो ९५ करोड ७५ लाख, जगेडासहित अन्य सूचक कस्तो ?

७ माघ २०८१, सोमबार ०९:०२

काठमाडौँ । पछिल्लो ६ महिनामा कृषि विकास बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार यस्तो देखाएको हो ।

बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २९.३५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १३ अर्ब २८ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १० अर्ब ५२ करोड ९४ लाख रुपैयाँ गरेको छ । उक्त आम्दानी २९ प्रतिशतले घटेको हो ।

कम्पनीको सञ्चालन नाफा १ अर्ब ४ करोड ९६ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*