खराब कर्जा बढ्दा २ अर्बबाट झर्यो प्राइम बैंकको नाफा, प्रतिशेयर आम्दानी घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा प्राइम कमर्सियल बैंक वित्तीय सूचकमा कमजोर देखिएको छ । यसअवधिमा कम्पनीको मुनाफा १४.३४ प्रतिशतले ओरालो लागेको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको नाफा १ अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने १४ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको सञ्चालन नाफा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा समेत ४.०७ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्तापूँजी १९ अर्ब ४० करोड हुँदा जगेडा कोषमा १० अर्ब ३१ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ रहेकोमा १९.२८ रुपैयाँमा पुगेको छ । यता, प्रतिशेयर नेटवर्थ १६२.६४ रुपैयाँमा पुगेको छ ।