दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको वित्तीय विवरण कस्तो छ ?

७ माघ २०८१, सोमबार ०८:१६

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकका अधिकांश प्रमुख वित्तीय सूचांकहरुमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा बैंकको मुनाफा ५३.३६ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले ५३ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६३ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशतले बढेर चार अर्ब १० करोड ३८ लाख रुपैयाँबाट चार अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ । साथै, खुद फि तथा कमिसन आम्दानी चाँही १८.६८ प्रतिशतले घटेर ७८ करोड रुपैयाँमा सीमित रहेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशत बढेर पाँच अर्ब २५ करोड ३३ लाख रुपैयाँ रहेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।

सिद्धार्थ बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*