वाणिज्य बैंकको नाफा साढे २७ अर्बः नबिललाई पछ्याउँदै ग्लोबल, प्रभु र एनआईएमबिको लोभलाग्दो ग्रोथ

७ माघ २०८१, सोमबार ०७:५०

काठमाडौँ । वाणिज्य बैंकको मुनाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा ४.६२ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ६ महिना हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको नाफा १८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको थियो । यसअवधिमा ९ बैंकको नाफा घट्दा ११ बैंकको मुनाफामा सुधार देखिएको हो ।

चालु आवको पुष मसान्तसम्ममा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्र स्थानमा रहेको छ । यसअवधिमा बैंकको नाफा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा ४९.५१ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ३४लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्र रहेको थियो ।

यसअवधिमा सर्वाधिक नाफा वृद्धिमा भने प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएका छन् । प्रभुको नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने इन्भेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । इन्भेष्टमेन्ट मेगा बैंक सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो नम्बरमा रहेको छ ।

साथै, क्रमशः एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड, एनएमबि बैंकको ४५.६१ प्रतिशतले बढेर २ अर्ब ३५ लाख, प्राइमकको १४.३४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड, स्टाडन्र्ड चार्टडको ४.९७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड, हिमालयन बैंकको ०.९८ प्रतिशतले बढेर १ अर्ब५१ करोड, सानिमा बैंकको ४.७२ प्रतिशतले बढेर १ अर्ब १९ करोड र लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

अन्य ९ बैंकको नाफा १ अर्बभन्दा कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*