मुनाफा वृद्धिमा आक्रामक प्रभु बैंक, अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

७ माघ २०८१, सोमबार ०६:३८

काठमाडौँ । पछिल्लो ६ महिनामा प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

कम्पनीले गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७२ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको सञ्चालन मुनाफा ४५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोषमा १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको खराब कजर्म ५.०६ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*