एनआईसी एशिया बैंकको मुनाफा घट्यो, वितरणयोग्य नाफा र इपीएस कति ?
काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले १५ करोड ५२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो ।
बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने उक्त आम्दानी ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
यता, कम्पनीको सञ्चालन मुनाफा ३५ करोड ६१ लाख रुपैयाँबाट घटेर ३४ करोड १९ लाख रुपैयाँमा झरेको छ । यसअवधिसम्ममा कम्पनीको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
पुष मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २.०४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात १८५.११ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको खराब कर्जा ०.५८ प्रतिशतले बढेर १.४७ प्रतिशत पुगेको छ भने कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ।