व्यवसायीहरुले वक्यौता भुक्तानीको लागि विधिसम्मत दाबी गरे तत्काल भुक्तानी हुन्छ: अर्थमन्त्री पौडेल

६ माघ २०८१, आईतवार १६:३०

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको वक्यौता भुक्तानीको समस्या समाधान भइसकेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले भुक्तानीका दायित्व पुरा गर्न उल्लेखनीय काम गरेको र आजको मितिसम्म भुक्तानीको काम सकिएको दाबी गरे।

उनले भने, ‘राज्यले ढिलो तिर्छु भन्न पाउँदैन। सरकारले निर्माण व्यवसायीको वक्यौता भुक्तानीमा ठूला काम गरेको छ। कुनै पनि व्यवसायीले कानुनसम्मत र विधिसम्मत रुपमा दाबी गरेमा तत्काल भुक्तानी हुने सुनिश्चित गरिएको छ ।’

भुक्तानी प्रक्रिया सम्पन्न गर्नका लागि सरकारले विभिन्न विकल्पहरू अपनाएको उल्लेख गर्दै उनले भने, ‘अब भुक्तानीका विषयमा कुनै समस्या बाँकी छैन। विधि र नियमअनुसार दाबी गरिएका सबै भुक्तानीहरु पूरा गरिएका छन्।’

साथै, उनले निर्माण व्यवसायीहरुलाई कानुनसम्मत तरिकाले काम गर्न आग्रह गर्दै सरकारको प्रतिबद्धता दोहोर्याए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*