राजस्व १२.७ प्रतिशतले बढ्दा खर्च १७.८ प्रतिशतले उकालो, अन्य सूचक कस्ता ?

६ माघ २०८१, आईतवार १५:१९

काठमाडौं । अर्थ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपालको आर्थिक अवस्थाका विभिन्न पक्षको विवरण सार्वजनिक गरेको छ । पहिलो ६ महिनाको तथ्याङ्क अनुसार, सरकारको राजस्व र खर्च वृद्धि, वित्तीय संस्थाको निक्षेप सङ्कलन, कर्जा प्रवाह र अन्य आर्थिक सूचकहरूमा महत्वपूर्ण परिवर्तन देखिएको हो ।

सरकारको राजस्व पहिलो ६ महिनामा १२.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा खर्च वृद्धि भने १७.८ प्रतिशत रहेको छ ।
फिनान्सियल संस्थाहरूले पहिलो ६ महिनामा २११ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका छन्, निक्षेप सङ्कलनको वृद्धि प्रतिशत यस अवधिमा ३.३ प्रतिशत पुगेको छ।

त्यस्तै, निजी क्षेत्रमा प्रवाहित कर्जा २२८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहको वृद्धि प्रतिशत भने ४.४१ रहेको छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७९.०२ प्रतिशतले बढेर छ । मंसिर महिनामा निक्षेपको भारित औषत व्याजदर ४.७८ प्रतिशत रहेको छ भने कर्जाको भारित औषत व्याजदर ८.९० प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*