बोटलर्स नेपालमा सकारात्मक सर्किट, यस १७१ कम्पनीका लगानीकर्ता यसरी बने मालामाल
६ माघ २०८१, आईतवार १५:१४
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १२ अंकले बढेसँगै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ६३६ रुपैयाँले बृद्धि भएको छ ।
नेपाल रिपब्लिक मिडिया, सामलिङ पावर, छ्याङ्दी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, माण्डु हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स लगायतका शेयरमूल्य बृद्धि भएको छ ।