एनआरएन इन्फ्रास्टक्चर र सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?

६ माघ २०८१, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, सुपरमादी हाइड्रोपावरको २४ करोड ४५ लाख रुपैयाँ, सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाख रुपैयाँ, पोखरा फाइनान्सको १३ करोड ८३ लाख रुपैयाँको सर्वाधिक शेयर खरिद–बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*