हिमालयन एभरेष्टको लगानी पाँच अर्ब नजिक, कुन क्षेत्रमा कति?

६ माघ २०८१, आईतवार १३:३५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले सर्वाधिक क वर्गको बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ। यसमा मात्रै कम्पनीले ३ अर्ब २ करोड ३७ लाख रुपैयाँको लगानी गरेको छ।

त्यस्तै कम्पनीले ख वर्गको बैंकमा ४२ करोड २० लाख रुपैयाँ र ग वर्गको बैंकमा १९ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ। यता सूचीकृत कम्पनीहरूको शेयरमा २९ करोड २८ लाख रुपैयाँ र बैंकहरूको अग्राधिकार शेयरमा २६ करोड २ लाख रुपैयाँ लगानी गरेको छ।

त्यस्तै कम्पनीले कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थय लगायतका क्षेत्रमा पनि ४९ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष र म्युचुअल फण्डको शेयरमा ६ करोड ३१ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ करोड रुपैयाँ र अन्य लगानी अन्तर्गत १६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*