बाँडफाँट भएको २३ दिनपछि महुली लघुवित्तको एफपिओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
१४ माघ २०८१, सोमबार १५:३९
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सूचीकृत भएको छ । एपपिओ बाँडफाँट भएको २३ दिनपछि कम्पनीको शेयर सूचीकृत भएको हो ।
कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनी उक्त शेयर भोलि अर्थात् माघ १५ गतेदेखि कारोबारमा आउनेछ ।
कम्पनीको एफपिआ ४७ हजार ५ सय ५४ आवेदकले १० कित्ताका दरले हात पारेका थिए । त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका थिए ।