१४ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन लाइफको निर्णय
६ माघ २०८१, आईतवार १०:३४
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो । प्रचलित कानुनी व्यवस्था बमोेजिम बोनश शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसधाबाट पारित भएपश्चात उक्त प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने कानुनी व्यवस्था छ ।