५८ औं बार्षिकोत्सवमा कृषि विकास बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकको ५८औं बार्षिकोत्सवको सुखद अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो ।
वित्तीय साक्षरताको लागि जनचेतना पु¥याउने उद्देश्यका साथ आयोजित यस कार्यममा मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पुनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको छ । बिभिन्न बैंक, बीमा, कोष, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको यस खेल बिगत ३ दिनदेखि संचालन भई रहेको छ ।
बैंकले मिति २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ गरेको बिभिन्न कार्यक्रमहरु मध्ये अन्तिम कार्यक्रम मिति २०८१ माघ ७ गते मुख्य कार्यालयमा विशिष्ट अतिथीहरुको उपस्थितिमा सम्पन्न गर्ने जनाएको छ ।