शिक्षकबाट सरिना लामिछानेको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
काठमाडौँ । शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी धर्मस्थलीकी सरिना लामिछानेको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन् ।
सफलताको लागि मेहनत अनिवार्य छ भन्ने कुरा सानैदेखि बुझेकी सरिनाले विद्यार्थीहरुलाई पढाउँदा घोकाउने भन्दा पनि बुझाउने र व्यवहारिक शिक्षाका लागि अहोरात्र खटिरहन्थिन् । यही संघर्ष र मेहनत गर्ने बानीले बीमा क्षेत्रमा आज एक सफल एजेन्सी म्यानेजरको रुपमा कम्पनी, समाज अनि सिंगो बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी छिन् ।
काठमाडौं–तारकेश्वर नगरपालिका–६ धर्मस्थलीकी सरिना लामिछाने यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रुपमा आवद्ध भएकीछिन्। सिटिजन लाइफको उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दिक्षित लामिछाने टोखा शाखाकी उत्कृष्ट एजेन्सी बन्न सफल भइसकेकी छिन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै सरिनाले सिटिजन लाइफमा आबद्ध भएको ४ वर्षमै लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन् । शिक्षक पेशामा आफ्नो दैनिकी बिताइरहेकी सरिना लामिछानेलाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज सरिनालाई सिटिजन लाइफकी नमुना एजेन्सी म्यानेजरको रुपमा परिचय बनाउन सफल भइसकेकी छिन् ।
जीवनमा आइपरेका हजारौ बाधा, अड्चनलाई आत्मसात गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता सरिना लामिछानेले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले लामिछानेलाई निकै सहयोग गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ मा जन्मिएकी सरिना लामिछाने अहिले सिटिजन लाइफ इन्स्योरेन्सको टोखा शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सुरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुल्नुका साथै शिक्षण पेशमा समेत आवद्ध भएकी लामिछानेले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।
सानैदेखि पढाइप्रति रुची राख्ने स्वभावकी महिला हुन् सरिना लामिछाने । दुई दशक अगाडी उनीले काठमाडौंको बागबजारको पद्मकन्या क्याम्पसबाट वि.स.२०६६ सालमा स्नातक तह उत्तिर्ण गरेकी छिन् । समाजमा एक शिक्षित नारीको रुपमा आफ्नो परिचय बनाएकी लामिछानेले शिक्षक पेशामा आवद्ध भएको समयमा हजारौं बालबालिकाहरुलाई इमान्दारीताको बाटो देखाएकी छिन् ।
आम नागरिकहरुसँग बोल्ने नरम शैलि र वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकी सरिनालाई अभिकर्ता बन्न सिटिजन लाइफ इन्स्योरेन्सकै शुसिल कुमास बस्नेतले सल्लाह दिन्छन् । सुरुमा बीमा सम्बन्धि जानकार नभएकी सरिनालाई सिटिजन लाइफका बस्नेतको सल्लाहमा अभिकर्ता व्यवसाय अंगाल्ने निधो गरेको उनी बताउछिन् ।
२०७७ सालको पुष ९ गतेदेखि आधिकारीक रुपमा सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर बीमा व्यवसायको सुरुवात भएको सुनाउछिन् उनी । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । शिक्षण पेशा गर्दै आएका कारण मानिसहरुसँग राम्रो सम्बन्ध रहेको थियो।’ उनले भनिन्, ‘सिटिजन लाइफको अभिकर्ता कोड निकालेपछि अनि मेरो बीमा क्षेत्रमा नयाँ यात्रा तय भएको थियो।’
घर परिवारको राम्रो साथ र सहयोग पाएकी लामिछानेले शिक्षणलाई समेत त्यागेर बीमा व्यवसायलाई नै आन्तसाथ गरेर अगाडी बढेकी छिन् । ‘बीमा बजारमा अभिकर्ता र कम्पनीबीच थुप्रै प्रतिस्प्रर्धा रहेको छ । मैले विस्तारै कम्पनीका विभिन्ना तालिमहरुमा सहभागी हुदै गएपछि व्यवसायमा झन मन लाग्दै गएको छ।’ उनले भनिन्, ‘अहिले म अभिकर्ता पेशाका कारण कुनै पनि समस्याको लागि घरपरिवार–श्रीमानसँग पैशा माग्नु परेको छैन् । आजभोलि म एकदमै सन्तुष्ट रुपले अभिकर्ता पेशामा नै रमाइरहेकी छु।’
सुरु–सुरुमा घर परिवारले नबुभेर मलाई त्यती सहयोग गर्न नसकेकोले आफुलाई थोरै दुःख लाग्ने गरेको उनको धारणा छ । उनले भनिन्, ‘आजभोलि मेरो घरपरिवारले बीमा अभिकर्ता पेशाबाट सबै कुरा थाँहा पाएपछि मेरो श्रीमानले धेरै साथ र सहयोग गर्नुभएको छ । उहाँको साथ बिना म केही पनि गर्न सक्ने अवस्था थिएन् । म मेरो श्रीमानलाई धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु।’
उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर एक असल बुहारी, असल आमा पनि बन्नुका साथै जिम्मेवार श्रीमती सफल भएकी छिन् । आफ्नो छोरा–छोरीलाई उच्च शिक्षा हासिल गराउँनुका साथै श्रीमानका हरेक सुख, दुःखमा साथ दिदैै आएकी छिन् ।
घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी सरिना अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछिन् । १० जना नागरिकहरुलाई बीमा गर्नको लागि प्रस्ताव गर्दा पनि त्यस समुहबाट जम्मा १–२ जनाले मात्र बीमा गर्न सहमत हुने र अन्य नागरिकहरु विभिन्न बाहानामा पन्छिने गरेको उनको अनुभव छ । उनी चार वर्षको अवधिमा ४ सय जनाबढी मानिसको बीमा गर्न सफल भएकी छिन् ।
बीमा व्यवसायप्रतिको लगाव र निरन्तरको संघर्षले सरिना टोखा शाखा कार्यालयबाट सन् २०२२ र सन् २०२५ सहित दुई पटक एमडीआरटी छनौट हुन् समेत सफल भएकी छिन् । सिटिजन लाइफका टुक बहादुर रानाबाट अभिकर्ता तालिम लिएर पहिलो चोटी एमडीआरटी बन्न सफल भएको उनले बताइन् ।
२०७७ सालमा अभिकर्ता बनेकी उनी २०७८ सालमा नै सिटिजन लाइफको चर्चित डाइमण्ड क्लबमा छनौट हुन समेत सफल छिन् । साथै, २०७९ गोल्ड क्लब र ०८१ सालमा फेरी डाइमण्ड क्लबमा छनौट भएकी हुन् । विभिन्न क्लबहरुमा छनौट भएर मान, सम्मान पाउँदा बीमा गराउन उनीलाई झन उत्साह मिलेको उनी बताउछिन् ।
सरिनाका अनुसार सिटिजन लाइफमा रहेका बाल भविष्य, जीवन सारथी र शुभारम्भ लगायतका बीमा पोलिसीहरु नागरिकको पहिलो रोजाईमा रहेका छन् । नागरिकहरुले आफ्ना बालबालिकाहरुको लागि बाल भविष्य बीमा पोलिसी बढी खरिद गर्ने गरेका छन् ।
उनी भन्छिन्, ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ वार्षिक उनले ५० देखि ६० जना मानिसहरुको बीमा गर्दै आएकी छिन् ।
नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र समाजमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर अभिकर्ता सरिनाले कापिको पानामा लेखेर नागरिकहरुलाई राम्रोसँग बुझाएर उनीहरुलाई झन बढी विश्वास दिलाई बीमा व्यवसाय गर्ने गरेको सुनाउछिन् ।
सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।
सिटिजन लाइफमा प्रवेश गरेसँगै लामिछानेको जीवनमा आमुल परिवर्तन आएको छ । सूरुमा मानिसहरुसँग कुरा गर्दा समेत खुलेर बोल्न नसक्ने सरिनाको अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले काठमाडौंका नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकी छिन् ।
आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछिन् सरिना । अन्त्यमा , उनले आम नागरिकहरुलाई गाँस, बास र कपास पछिको महत्वपूर्ण कुरा जीवन बीमा रहेको भन्दै बीमितहरुको सेवामा निरञ्तर सर्पित रहँदै आएकी छिन् । देशमा रहेको बेरोजगारीको समस्यालाई पनि निराकण गर्न अभिकर्ता पेशाले महत्वपूर्ण भुमिका रहेको उनको धारणा छ ।
सन् २०२६ मा सिटिजन लाइफबाट सीओटी बन्ने लक्ष्य रहेको उनी बताउछिन् । जसका लागि दिन–रात संघर्ष गरिरहेकी छिन् । आम नागरिकहरुलाई व्यवसायीक अभिकर्तासँग बीमा गरेर जोखिम रक्षावरण गर्न आग्रह गर्नुका साथै आफ्ना बीमित, परिवार र सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरेकी छिन् ।