पोखरा र नेपाल फाइनान्ससहित आठ कम्पनीको वित्तीय अवस्था संकटपूर्ण, कुनको नाफा र ईपीएस कति?

४ माघ २०८१, शुक्रबार १६:१६

काठमाडौँ । दोस्रो बजारमा चर्चा कमाएका फाइनान्स कम्पनीहरू वित्तीय संकटमा फसिरहेका छन् । कम्पनीहरूको खराब कर्जाको मात्रा बढ्दै गएर घाटा चुलिएको छ, तर पनि दोस्रो बजरमा लगानीकर्ताहरूको आकर्षण यिनै कम्पनीहरूप्रति बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५ फाइनान्स कम्पनीहरूमध्ये ८ वटा कम्पनी घाटामा छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ती ८ कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ घाटा बेहोरेका हुन् ।

फाइनान्स कम्पनीहरूको वास्तविक वित्तीय अवस्था कमजोर रहेको स्पष्ट भए पनि बजारमा यिनको शेयर मूल्य उच्च रहेको देखिन्छ । खराब कर्जाको भार थेग्न नसक्ने अवस्थामा पुगेका कम्पनीहरूमा लगानीकर्ताहरूको चासो झन् बढेको छ । लगानीकर्ताहरूले कम्पनीहरूको वित्तीय अवस्था र दीर्घकालीन स्थायित्वको मूल्यांकन गर्नुभन्दा बजारमा चलेका हल्ला र ट्रेन्डलाई प्राथमिकता दिएको देखिन्छ ।

चालु आर्थिक वर्षको मसिंर मसान्तसम्ममा सबैभन्दा धेरै घाटामा रहेको कम्पनीमो गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स रहेको छ । यसअवधिसम्ममा कम्पनी १४ करोड ३० लाख २ हजार रुपैयाँ नोक्सामा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ४ करोड ८१ लाख रुपैयाँ नोक्सामा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा कम्पनीको नोक्सान थप डरलाग्दो बाटो तिर गएको हो ।

त्यस्तै, रिलायन्स फाइनान्स ११ करोड ५० हजार रुपैयाँ, गोर्खाज फाइनान्स ६ करोड ७२ लाख, समृद्धि फाइनान्स ४ करोड ४० लाख र श्री इन्भेष्टमेन्ट फाइनान्स २ करोड ८१ लाख रुपैयाँ नोक्सामा रहेको छन् ।

दोस्रो बजारमा सर्वाधिक चर्चामा रहेका नेपाल फाइनान्स र पोखरा फाइनान्स पनि ऋणत्मक रहेका छन् । कम्पनीहरु क्रमशः १ करोड ९५ लाख र १ करोड ७९ लाख रुपैयाँ नोक्सामा रहेको छ ।

घाटामा रहेका कम्पनीहरुको प्रतिशेयर आम्दानी समेत ऋणात्मक रहेको छ । सर्वाधिक घाटामा रहेको गुहेश्वरी मर्चेण्टको इपिएस पनि १४ रुपैयाँ १३ पैसा नोक्सानमा रहेको छ । त्यस्तै, रिलायन्सको ९.८१ रुपैयाँ, गोर्खाजको ७.७५ रुपैयाँ, समृद्धिको ५.३८ रुपैयाँ, श्रीइन्भेष्टमेन्टको २.८७ रुपैयाँ,बेष्टको २.६३ रुपैयाँ, पोखराको १.६६ रुपैयाँ र नेपाल फाइनान्सको २.३३ रुपैयाँ इपीएस ऋणत्मक रहेको छ ।

चालु आवको साउनदेखि मंसिरसम्ममा सर्वाधिक नाफा कमाउने कम्पनीमा मञ्जु श्री फाइनान्स रहेको छ । पाँच महिनाको अवधिमा कम्पनीले १६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा प्रोगेशिभ फाइनान्सले १४ करोड ३४ लाख, आइसिएफसि फाइनान्सले १० करोड ६० लाख, गुडबिल फाइनान्सले ५ करोड ५७ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ३४ लाख, मल्टिप्रपोज फाइनान्सले १ करोड ८७ लाख र जानकी फाइनान्सले ७ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको तुलनामा जानकी फाइनान्सको मात्र ९५.५१ प्रतिशतले नाफा घटेको हो ।

फाइनान्स कम्पनीहरूको खराब कर्जाको चुलिँदो भार, शेयर बजारमा विडम्बनाको नाच

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*