बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने, परिपत्र तयार पार्दै प्राधिकरण

४ माघ २०८१, शुक्रबार १४:५५

काठमाडौं । बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने भएको छ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरणसम्बन्धी परिपत्र समेत तयार पार्ने तयारीमा रहेको छ।

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने व्यवस्था लागू गराउन लागिएको हो।

बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशन, २०८१ जारी गरिएको थियो । सो आधारमा बीमा प्राधिकरणले हाल सम्पत्ति शुद्धिकरणको नियमन गर्दै आईरहेका छन् ।

बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२) तथा बीमा ऐन, २०७९ को दफा ५ को खण्ड(घ) र दफा १६६ बमोजिमको अधिकार प्रयाग गरी निर्देशनको मात्तहतमा रहेर नै परिपत्र जारी गर्ने तयारी गरिएको छ।

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशिकाले बिशेष गरी ग्राहक पहिचान र शंकास्पद कारोबारको बिषयलाई बढी केन्द्रित गरेको छ। प्राधिकरणले कम्पनीहरुका लागि हाल परिपालना अधिकृत अनिवार्य गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*