कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयर सम्बन्धी तीन दिने तालिम सम्पन्न

४ माघ २०८१, शुक्रबार १३:३५

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले पूर्वी नेपालको विराटनगरमा कृषि तथा पशुपंक्षी बीमाको रियल टाईम सफ्टवेयरबारे तीन दिने तालिम सम्पन्न गरेको छ ।

प्राधिकरणका उप–निर्देशक निर्मल अधिकारीको संयोजकत्वमा बिराटनगरमा सम्पन्न भएको तीन दिने तालिम आज सम्पन्न भएको हो । बीमा कम्पनीहरु, बहुसरोकार पक्षहरुलाई समावेश गरेर रियल टाईम सिष्टममा कृषि तथा पशु बीमा पोलिसीहरुले कसरी रियल टाइममा काम गर्न सकिन्छ भनेर तालिम दिइएको हो ।

हाल बीमा प्राधिकरणले कृषि बीमा अन्तर्गत तरकारी बाली र पशुबीमा अन्तर्गत पशुधनको बीमा रियल टाईम सिष्टममा गरिरहेको छ । सो बीमा कसरी भइरहेको छ भनेर बीमा प्राधिकरणले समेत प्रत्यक्ष हेर्न सक्ने हुँदा आगामी दिनमा कृषि तथा पशुबीमा प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

 

तालिममा कोशी प्रदेश कार्यालयका कर्मचारी, कोशी प्रदेशभित्रका बीमा कम्पनीका कर्मचारीहरु, सो प्रदेशभित्रका कृषि ज्ञान केन्द्र, बीमा अभिकर्ताहरु, स्थानीय सरकारका प्रतिनिधिहरु राखेर तालिम दिइएको छ । तालिममा उत्साहप्रद सहभागिता रहेको तालिमका संयोजक प्राधिकरणका उप निर्देशक अधिकारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*