‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धी तालिम भव्य रुपमा सम्पन्न, सिकेको ज्ञान बीमा क्षेत्रमा लागु गर्ने कर्मचारीको प्रतिवद्धता

४ माघ २०८१, शुक्रबार १०:०६

काठामाडौँ । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले आयोजना गरेको ‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धि दुई दिने तालिम भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको दरबारमार्गमा रहेको होटेल रोयल सिङ्गीमा बुधबार–बिहीबारका दिन आयोजित उक्त तालिममा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका ५० जनाबढी कर्मचारीले तालिम लिन सफल भएका हुन् ।

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसका एक्सक्युटिभ चियरम्यान कुमार बहादुर खत्रीले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै कार्यक्रम समापन गरेका थिए । उनले सम्पूर्ण तालिम लिएका कर्मचारीहरुलाई आफुले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागु गरेर नेपाली बीमा बजारलाई विश्वासीलो बनाउन समेत अनुरोध गरेका छन् ।

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई मरिन इन्स्योरेन्स सम्बन्धि ज्ञान तथा क्षमता बढाउने उदेश्यले उक्त दुई दिने तालिम सञ्चालन गरिएको हो । नेपाली बीमा क्षेत्रका कर्मचारीहरुलाई मरिन इन्स्योरेन्स सम्बन्धि आवश्यक तालिम दिएर आयोजक संस्थाले कर्मचारीहरुको ज्ञान तथा क्षमता बढाउँन ठूलो महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।


औपचारिक कार्यक्रमका प्रमुख अतिथी चंकी क्षेत्री र आयोजनक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पुर्व कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतका समहभागीता समेत रहेको थियो ।

बुधबार बिहान नौ बजेदेखि सुरुवात गरिएको तालिममा प्रमुख अतिथीको रुपमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहेका थिए । साथै, विशेष अतिथीको रुपमा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष तथा प्रोफेसर डा. फत्त बहादुर केसी, आयोजक संस्थाका कर्मचारी, निर्जीवन र पुनर्बीमासहितको सहभागिता रहेको थिए ।

प्रिफर्ड पार्टनस् इन्स्योरेन्स ब्रोकर (इण्डिया) का एक्सक्युटिभ डाइरेक्टर तथा सीईओ सामीरान लाहीरीले मरिन इन्स्योरेन्स वर्कशप सम्बन्धि तालिम दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*