कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

४ माघ २०८१, शुक्रबार ०८:०६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिले आजका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा २५ रुपैयाँ, लोकल बन्दा २० र स्थानीय काउली १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन लोकल घिउसिमी ८० रुपैयाँ, सेतो लोकल मूला २० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, हरियो फर्सी १० र पाकेको ४० रुपैयाँ, इस्कुस ३५ रुपैयाँ, कन्य च्याउ ७० र डल्ले च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ र भिण्डी ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

यस्तो छ मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*