साढे २२ को आइपीओ ल्याउन क्रेष्ट माइक्रो लाइफलाई सेबोनले दियो अनुमति

३ माघ २०८१, बिहीबार १६:२६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आइपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गरिब तथा निमुखा वर्गलाई लक्षित गर्दै तिनीहरूलाई वित्तीय सुरक्षाको पहुँचमा पु-याउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ग्रामीण भेगमा वित्तीय सेवा पु-याउन सफल हुँदै क्रेस्टले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि प्रभावकारी रूपमा पूरा गरेको छ। धेरैजसो गरिब र वंचित परिवारहरू, जसले अघिल्ला दिनहरूमा बीमा सुविधा पाउन सक्ने थिएनन्, अब क्रेस्टको माध्यमबाट वित्तीय सुरक्षाको लाभ लिन सक्षम भएका छन् ।

क्रेस्ट माइक्रो लाइफको प्रधान कार्यालय सुर्खेतमा अवस्थित छ भने दर्ता कार्यालय ललितपुरको सानेपामा रहेको छ । यसले नेपालको दुर्गम क्षेत्रहरूमा समेत बीमा सेवा पु(याउँदै आएको छ । २३ शाखा र १,००० भन्दा बढी एजेन्टहरूको सञ्जाल विस्तार गर्दै कम्पनीले आफ्नो सेवा ग्रामीण समुदायसम्म पु-याउन सफल भएको छ । यस सञ्जालका कारण गरिब तथा न्यून आय भएका परिवारहरूमा वित्तीय सुरक्षा पु(याउन महत्वपूर्ण योगदान पु-याएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*