नेपाली पुनर्बीमा कम्पनीहरुले प्रतिस्पर्धामा गर्नुपर्ने बीमा सेटिङमा गराईरहेका छन्ः अध्यक्ष सिंह
काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाली पुनर्बीमा कम्पनीहरुले बीमा सेटिङमा गर्ने गरेको आरोप लगाएका छन् ।
बीमा भन्ने कुरा प्रतिस्पधामा गराउनुपर्ने हो तर पुनर्बीमा कम्पनीहरुले सेटिङ्गमा गराउदै आईरहेको अध्यक्ष सिंहले आरोप लगाएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको घोषणाका लागि आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राखेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखी २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो ।दुई वटा पुनर्बीमा कम्पनी खडा भएको छ, निमार्ण व्यवसायीहरुको बीमा छानेर मात्रै मन लागेको खण्डमा गर्ने मन नलागेको खण्डमा नगर्ने परिपाटी नेपाली बीमा बजारमा देखिएको छ। उनले भने ।
निमार्ण व्यवसायीहरुको बीमा पुनर्बीमा कम्पनीले छानेर मात्रै गराउने प्रवित्ति नेपालमा बढ्दै गएको उनले कार्यक्रममा अवगत गराएका छन् ।बीमा प्रतिस्पर्धामा गराउनुपर्छ तर यहाँ सेटिङ्गमा गराउदै आईरहेको गुनासो समेत गरेका छन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणको प्रावधान नमान्ने प्रवित्ति पनि नेपाली बीमा र पुनर्बीमा कम्पनीहरुमा बढी रहेको उनले बताएका छन् ।५, १० प्रतिशतसम्मको लोन भ्यालुलाई पनि नमानि बीमा प्राधिकरणको एने विपरित रहेर आफूखुसी रकम तोकिरहेको भन्दै गुनासो गरेका छन् ।