बजार घट्दा पनि चार कम्पनीका लगानीकर्ता भए मख्ख

३ माघ २०८१, बिहीबार १५:१३

काठमाडौँ । बिहिबार बजार घटेपनि केहि कम्पनीका लगानीकर्ताहरु भने मख्ख भएका छन् । बजार घट्दा पनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३३ अकंले घटेर २५८८.६२ बिन्दुमा कायम भएको छ । आज २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।

बिहिबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु), वीन नेपाल लघुवित्त, मन्दिकीनि लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*