घट्यो शेयर बजारः करिब ६ अर्बको कारोबार, फाइनान्स सेक्टरमा पहिरो

३ माघ २०८१, बिहीबार १५:०५

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । अघिल्लो कारोबारको दिन झिनो सुधार देखिएको बजार आज भने ओरालो लाग्न पुगेको हो । बजार एकल अकंले घटेपनि आज फाइनान्स सेक्टरको शेयर मूल्यमा पहिरो गएको हो ।

पछिल्लो समय सरकार परिवर्तन हुने हल्ला बजार चलि रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिसँग सत्ता गठबन्धन दल नेपाल कांग्रेस रुष्ट रहेको कुराले चर्चा पाइरहेको छ । सोहि कारण पनि लगानीकर्ता सरकार ढल्ने भन्दै डराएका छन् ।

बजारलाई अन्य सबै सूचक सकारात्मक हुँदा समेत बजारले गति लिन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक बन्दै गएको भएपनि बजारमा लगानीकर्ताको मनोबल अझै माथि उठ्न सकेको छैन ।

अनुभवी लगानीकर्ताहरूका अनुसार आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश वितरण गर्ने र संस्थागत सुशासनमा राम्रो भएका कम्पनीहरूमा लगानी गर्न सल्लाह दिएका छन् । यस्तो रणनीतिले मात्र लाभांशको लाभ दिलाउने छैन, बरु बजारमा वृद्धिका क्रममा पुँजीगत लाभ पनि प्राप्त गर्न सकिन्छ। यसरी सेयर बजारमा लगानी गर्दा दीर्घकालीन सकारात्मक परिणामहरू आउन सक्ने संकेत गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३३ अकंले घटेर २५८८.६२ बिन्दुमा कायम भएको छ । आज २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंकको ९.७४ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्सको ५.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*