एनएमबि लघुवित्तको वार्षिक साधारण सभा चैत्र मसान्तभित्र गरिने
३ माघ २०८१, बिहीबार ११:००
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारण सभा २०८१ चैत्र मसान्तभित्र सम्पन्न गर्ने जनाएको छ।
संस्थाको वार्षिक वित्तीय विवरण बाह्य लेखा परीक्षणको प्रक्रिया सम्पन्न भई हाल नेपाल राष्ट्र बैंकको स्वीकृतिमा रहेको जानकारी दिएको छ। यस प्रक्रियाका कारण निर्धारित समयसीमाभित्र वार्षिक साधारण सभा गर्न नसकिएको संस्थाले स्पष्ट पारेको छ।
कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गर्न आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइएको र निश्चित समयभित्र साधारण सभा सम्पन्न हुने जानकारी गराएको छ।