बालेनले भने, ‘टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार सो अध्यादेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।
सामाजिक सञ्जालमा मेयर शाहले अब खोला मात्र होइन, टुडिखेल र खुलामञ्च जस्ता सार्वजनिक स्थलहरू समेत कार्यकर्ताको हातमा पुग्ने खतराको संकेत गरेका छन्। उनले व्यंग्यात्मक शैलीमा बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई भन्दै सार्वजनिक सम्पत्तिको सम्भावित दुरुपयोगप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
मेयर शाहले सरकारले ल्याएका नीतिहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्नेमा उल्टै यसको दुरुपयोग हुने सम्भावना बढाएको आरोप लगाएका हुन् ।