राष्ट्रपति पौडेलले जारी गरे भूमि अध्यादेश
२ माघ २०८१, बुधबार १८:१४
काठमाडौँ । भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बुधबार जारी गरेका हुन्।
यसअघि मन्त्रिपरिषद्ले पाँचवटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। तीमध्ये चारवटा अध्यादेश यसअघि नै कार्यान्वयनमा आइसकेका थिए भने भूमिसम्बन्धी अध्यादेश मात्र बाँकी थियो। राष्ट्रपति पौडेलले बुधबार बाँकी रहेको सो अध्यादेश जारी गरेका हुन् ।