बजारमा झिनो सुधारः कारोबार ५ अर्ब ८२ करोड हुँदा परिसूचक २५९५ बिन्दुमा

२ माघ २०८१, बुधबार १५:०७

काठमाडौँ। नेपालका सेयर बजारमा लगातार दुई दिनको गिरावटपछि आज सुधारको संकेत देखिएको छ । बजारमा सुधारको गति झिनो भए पनि कारोबारको मात्रा सन्तोषजनक रह्यो, जसले बजारका लगानीकर्तालाई उत्साहित पारेको छ ।

हालको वित्तीय प्रणालीमा उच्च स्तरको तरलता भनेको बजारका लागि साकारात्मक संकेत हो। तर, यसका बाबजुद पनि बैंकहरूले कर्जा प्रवाहमा विशेष प्रगति गर्न सकेका छैनन् । ब्याजदरहरूको घटाव र बढेको तरलता अनुकूल भएको छ, जसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने सम्भावना देखिन्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट नियमित रूपमा पैसा निकालिरहेकाले बजारमा स्थायीत्व कायम राख्न महत्त्वपूर्ण भूमिका निभाइरहेको छ ।

नियामक निकायले शेयर बजारको नियमनमा थप कडाइ अपनाएको छ। माफियाहरूको गतिविधिमा नियन्त्रण र कमजोर वित्तीय अवस्थाका केही कम्पनीहरूमाथि राष्ट्र बैंकले कारबाही सुरु गरेको छ, जसले बजारको व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

अनुभवी लगानीकर्ताहरूका अनुसार, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश वितरण गर्ने, र संस्थागत सुशासनमा राम्रो भएका कम्पनीहरूमा लगानी गर्न सल्लाह दिएका छन्। यस्तो रणनीतिले मात्र लाभांशको लाभ दिलाउने छैन, बरु बजारमा वृद्धिका क्रममा पुँजीगत लाभ पनि प्राप्त गर्न सकिन्छ। यसरी सेयर बजारमा लगानी गर्दा दीर्घकालीन सकारात्मक परिणामहरू आउन सक्ने संकेत गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा कायम भएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ७ कम्पनीको शेयरमा हरियाली आएको छ । आज विकास बैंकको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६३ प्रतिशत, हाइड्रोपावर समूहको १.७६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १२४ कम्पनीको शेयर मूल्य बढ्दा १०८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*