नेशनल लाइफद्वारा ‘बाल अमृत (सावधिक) जीवन बीमालेख–४’ नामक नयाँ पोलिसी सार्वजनिक

२ माघ २०८१, बुधबार १३:०९

काठामाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज माघ २ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस पोलिसीमा प्रस्तावकको पनि जोखिम रक्षावरण हुनेछ । यस योजनामा प्रस्तावको न्युनतम् उमेर २० वर्ष र अधिकतम् वर्ष ५० रहेको हुनुपर्ने छ । यस्तै, अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीका अनुसार यस नयाँ योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरेर चार तरिकाबाट बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

 

कम्पनीको नियम अनुसार यो पोलिसी खरिद गर्ने बीमितको आवश्यक रुपमा स्वास्थ्य परिक्षण हुनेछ । यस योजनाको प्रिमियम वार्षिक रुपमा छोडेर अर्धवार्षिक रुपमा भुक्तानी गरेको अवस्थामा तीन प्रतिशत बढी चार्च लाग्ने समेत कम्पनीले बताएको छ ।

त्यसैगरी, बीमांकको रकमको आधारमा पनि यस पोलिसीमा कम्पनीले छुटको पनि व्यवस्था गरेका छन् । यस योजनामा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको बीमा गरेको अवस्थामा रु एक प्रतिहजार छुट हुने छ । यसैगरी ठूलो बीमांक रकमको बीमा गरेको अवस्थामा पनि सोही अनुरुप छुटको व्यवस्था मिलाइएको छ । यो पोलिसीमा बीमितको हकमा २ वर्षपछि जोखिमको रक्षावरण हुनेछ ।

यस्तै यस बीमा पोलिसीमा पनि अतिरिक्त (राइडर) सेवा सुविधाहरु समावेश गरिएको छ । केही अतिरिक्त रकम भुक्तानी गरेर मात्र राइडर सेवा सुविधा लिन सकिन्छ । कम्पनीका देशभरी सञ्चालित शाखा कार्यालय र अभिकर्ताहरु मार्फत उक्त पोलिसी खरिद गर्न सकिनेछ । यस पोलिसीमा परिपक्क अवधि भएको अवस्थामा कुल प्रिमियम र आर्जित बोनशसहित एकमुष्ट गणना गरेर बीमितलाई हस्तान्तरण गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*