श्रीमानको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार

२ माघ २०८१, बुधबार ०९:३६

काठमाडौं । सिन्धुली दुधौली खुट्टेपानीकी ज्वाला घिमिरेले आफ्नो श्रीमान् रुद्रप्रसाद सुवेदीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्। जापानमा श्रम गरेर आर्जित आम्दानीबाट उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० लाख रुपैयाँको ‘अमृत वर्षा’ जीवन बीमा योजना उपहार स्वरूप श्रीमानलाई दिएकी हुन्।

उनले अनावश्यक खर्चको सट्टा जीवन बीमा गर्दा अनिवार्य बचत हुनुका साथै भविष्यमा कुनै पनि आवश्यक कार्यका लागि एकमुष्ट रकम संकलन हुने बताइन्। जीवन बीमा उत्कृष्ट विकल्प भएको र पहिलेदेखि नै बीमा गर्ने सोच बनाएकी र जन्मदिनलाई अझ विशेष बनाउन तथा भविष्यको सुरक्षाका लागि निश्चित रकम सङ्कलन हुने उपहार दिने उद्देश्यले बीमा पोलिसी खरिद गरेको उनले बताइन्।

ज्वालाले विभिन्न बीमा कम्पनीहरूको अध्ययन गर्दा जोखिम बहनमा समान भए पनि हालको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्स उत्कृष्ट बोनस र उच्च व्यवस्थापनका कारण रोजाइमा परेको र यसमा पनि अमृत वर्षा योजना उत्कृष्ट लागेकाले यही बीमा पोलिसी उपहार दिएको उल्लेख गरिन्।

यसै सन्दर्भमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर दिपक बरालले अनावश्यक खर्च गर्नेभन्दा जीवन बीमा गरिँदा सुरक्षित भविष्यको आधार तयार हुने र यसले परिवारलाई सुखी र समृद्ध बनाउन सघाउने बताए। उनका अनुसार जीवन बीमा अनिवार्य बचत, जोखिम बहन तथा दीर्घकालीन योजनाका लागि उत्तम विकल्प भएकाले जन्मदिन जस्ता विशेष अवसरमा यसरी बीमा उपहार दिने चलन विस्तार हुँदै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*