नेपाल लाइफको गौरवपूर्ण लाभांश इतिहासः अधिकतम् १२६ प्रतिशतसम्म वितरण गर्न सफल (तथ्यांकसहित)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास गौरवपूर्ण रहेको छ । कम्पनीले आफ्नो डेढ दशक लामो इतिहासमा अधिकतम् १२६ प्रतिशतसम्म लाभांश वितरण गर्न गरेको छ ।
कम्पनीले विगत डेढ दशकदेखि आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश वितरण गर्नको लागि पनि यहि माघ २८ गतेका दिन आफ्नो २५औं वार्षिक साधारण सभा पनि आह्वान गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनश र ११.०५ प्रतिशत नगदसहित कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २८ गते आह्वान गरिएको वार्षिक साधारण सभाले पारित गरेपश्चता शेयरधनीहरुले प्राप्त गर्ने व्यवस्था छ ।
कम्पनीले आर्थिक वर्ष ०७९/८० मा पनि कुल २१.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । साथै, आर्थिक वर्ष ०७७/०७८ मा १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले आफ्नो वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई क्षमताअनुसारको प्रतिफल वितरण गर्दै आएको छ ।
साथै, आर्थिक वर्ष ०७६/०७७ मा १४ प्रतिशत बोनश र ०.७३६८ प्रतिशत नगदसहित कुल १४/७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७५/०७६ मा नेपाल लाइफले ३१ प्रतिशत बोनश र २० प्रतिशत नगदसहित कुल ५१ प्रतिशत लाभांश वितरण गरेको इतिहास छ ।
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७४/०७५ मा २५ प्रतिशत बोनश र २३.५ नगदसहित ४८.५ प्रतिशत लाभांश वितरण गरेको छ । साथै, कम्पनीले आव ०७३/०७४ मा झन् ४२ प्रतिशत बोनश र २८/५ प्रतिशत नगदसहित ७०.५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले वितरण गरिरहेको लाभांशले लगानीकर्ता पनि कम्पनीप्रति सन्तोषजनक रहेका छन् ।
कम्पनीले आर्थिक वर्ष ०६८/६९ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । यस आवमा कम्पनीले शेयरधनीहरुलाई ७० प्रतिशत बोनश र ५६.३१ प्रतिशत नगदसहित कुल १२६.३१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । साथै, कम्पनीले आव ०६९/०७० मा पनि कुल ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हेरौ, कुन आर्थिक वर्षमा कति छ लाभांश ?
कम्पनीले गत आवको वित्तीय विवरण र लाभांश पारित गर्न माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि २५औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समते) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।
त्यसैगरी सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।