ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन
काठमाडौं । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा९नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।
सभाले बैंकको संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरिएको छ ।
बैंकले आव २०८१/८२ को लेखापरिक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र बैंकको सहायक कम्पनी, ज्योति क्यापिटल लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । यसले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालभर ग्राहक सेवा गर्दै आइरहेको छ।