फोनपे पेमेण्ट सर्भिसको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

१ माघ २०८१, मंगलवार १२:४५

काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एलिस कन्फरेन्स पुल्चोक ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*