फोनपेको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

१ माघ २०८१, मंगलवार १२:०७

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा पौष २९ गते ललितपुरको पुल्चोकस्थित एलिस कन्फरेन्समा सम्पन्न भएको छ।

उक्त साधारणसभा कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष सशीन जोशीले गरेका थिए। सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरेको छ।

साथै २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय पनि सभाले पारित गरेको छ।

सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ। सभा ललितपुर–०३, ललितपुरमा सम्पन्न भएको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*