छिमेक लघुवित्तको २३औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

१ माघ २०८१, मंगलवार ११:१८

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिले आफ्नो २३औं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामना प्रालिमा पुष २९ गते सम्पन्न गरेको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष रामचन्द्र जोशीले गराएका थिए ।

सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हासिल गरेका वित्तीय उपलब्धिहरूलाई उल्लेख गरे। राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले काठमाडौंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय राखेर ६९ जिल्लाका १९७ शाखामार्फत ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यलाई लघुवित्त सेवा पुर्‍याउँदै आएको जानकारी गराए ।

२०५८ सालमा स्थापना भएको छिमेक लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९.२५ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। संस्थाले सोही मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयरसहित कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

साधारण सभाले संस्थाको चुक्ता पूँजी रु २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० बाट वृद्धि गरी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुर्‍याउने निर्णय समेत पारित गरेको छ।

सभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना संचालकको निर्वाचन गरिएको छ। कर्ण बहादुर घले र दिलिप राज रेग्मी आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित भए । कार्यक्रमका दौरान प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था, वित्तीय उपलब्धि, र भावी योजनाबारे मन्तव्य राख्दै लघुवित्त कार्यक्रमलाई थप सुदृढ बनाउन रणनीतिक योजना अघि बढाइने बताए ।

छिमेक लघुवित्तले महिला सशक्तीकरणलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*