निःशुल्क भिषामा यूकेका लागि ४६ जना नेपाली कामदार माग
१ माघ २०८१, मंगलवार ०९:५७
काठमाडौं । यूकेले अटो मेकानिक, अटो प्यानल बीटर र अटो पेन्ट स्प्रेयर्स पदका लागि ४६ जना नेपाली कामदारको माग गरेको छ।
कामदारले मासिक ३ लाख ८७ हजार नेपाली रुपैयाँ तलब पाउनेछन् भने हप्तामा छ दिन र दिनमा ८ घन्टा काम गर्नुपर्नेछ। कामदारलाई बस्ने सुविधा दिइएको छ भने करार अवधि २ वर्ष तोकिएको छ।
यसका लागि सम्बन्धित काममा दक्ष हुनुपर्नेछ। यसका लागि लाग्ने सम्पूर्ण लागत रोजगारदाता कम्पनीले बेहोर्नेछ भने भिसा शुल्क लाग्ने छैन।
इच्छुक कामदारले फागुन १२ गतेदेखि १६ गतेसम्म मेनपावर कम्पनी अल्फा सिग्मा ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रा.लि., धुम्बाराही, काठमाडौंमा अन्तर्वार्ता दिनुपर्नेछ।