डलरको भाउ नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?

१ माघ २०८१, मंगलवार ०६:५५

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ। यस दिन एक डलरको खरिदमूल्य १३८.२३ रुपैयाँ र बिक्रीमूल्य १३८.८३ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

आज एक यूरोको खरिदमूल्य १४०.८६ रुपैयाँ र बिक्रीमूल्य १४१.४७ रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९८ रुपैयाँ र बिक्रीमूल्य ८५.३५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १० जापाजिन येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*