सहकारीले अब प्रतिसदस्य १० देखि २५ लाखसम्म मात्र बचत संकलन गर्न पाउने

२९ पुष २०८१, सोमबार १९:३३

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्ने प्रस्ताव गरिएको छ। राष्ट्र बैंकले यस्ता सहकारीलाई लागु हुने निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेर सुझाव माग गरेको छ।

यस्ता सहकारी संस्थाले आफ्ना सदस्यहरूबाट मात्र बचत संकलन गर्न सक्ने, बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म ९जुन कम हुन्छ त्यो सीमासम्म० मात्र ऋण लिन सक्ने गरेर निर्देशिका तयार पारेको हो।

यस अनुसार एक जिल्ला मात्रै कार्य क्षेत्र रहेका यस्ता सहकारीले प्रति सदस्य १० लाख रूपैयाँसम्म, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र रहेका र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएकाले २५ लाखसम्म मात्रै बचत संकलन गर्न सक्ने प्रस्ताव गरिएको हो।

२०८१ पुस १४ अघिसम्म यस्तो प्रतिसदस्य बचत रकम बढी भएमा तोकिएको सीमामा ल्याउन सहकारीहरूले दुई वर्षको अवधि पाउने भएका छन्।

संस्थाले साधारण र नियमित प्रकारका बचत खाताहरू मात्रै सञ्चालन गर्न सक्ने छन्। संस्थाले स्वीकार गर्ने बचत परिचालनसम्बन्धी कार्यविधि साधारण सभाबाट स्वीकृत गराई लागू गर्नुपर्नेछ।
यस्ता संस्थाले न्यूनतम ३ महिना नपुगेका सदस्यहरूलाई ऋण लगानी गर्न नपाउने प्रस्ताव गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*