राष्ट्र बैंकद्वारा सहकारी नियमन गर्ने मस्यौदा तयार, कसरी दिने सुझाव ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनको लागि नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार तयार पारिएको यस मस्यौदामा सरोकारवालाको राय सुझाव माग गरिएको हो ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरिएको निर्देशन तथा मापदण्ड शीर्षकमा तयार गरिएको मस्यौदा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। यस मस्यौदामा सहकारी संस्थाको पारदर्शिता र प्रभावकारीता बढाउन आवश्यक नियम तथा निर्देशिका समावेश गरिएको छ।
सरोकारवाला व्यक्ति तथा संस्थाले २०८१ माघ मसान्तसम्म लिखित रुपमा अथवा इमेलमार्फत सुझाव दिन सक्नेछन्। सुझाव पठाउन इमेल ठेगाना [email protected] तोकिएको छ।
Notice-no-10_SACCOS-Nirdeshan-tatha-Mapdanda_2081_Final-Upload