गम्भीर संकटमा गोर्खाज फाइनान्स, विवादकै कारण साधारण सभा स्थगित
काठमाडौँ । गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा व्यवस्थापन, सञ्चालक समिति र शेयरधनीहरुमा देखिएको विवादका कारण भाँडिएको छ । कम्पनीले आज (पुष २९ गते) बिहान ११ बजे पानस बैंक्वेट एण्ड इभेन्ट भेन्यु, बसुन्धरा, काठमाडौँमा ३०औं वार्षिक साधारण सभा बोलाएको थियो । तर, सभा सुरु हुन नपाउँदै व्यवस्थापन समिति र सञ्चालक समितिबीचको आन्तरिक विवाद सतहमा आएपछि सभा स्थगित भएको हो । सभामा कम्पनीका व्यवस्थापन समितिले काम गर्न नसकेको र गोर्खाज फाइनान्स आफ्ना मान्छे भर्ति गराउने स्थानमा परिणत भएको आरोप लगाइएको छ । यससँगै, सञ्चालक समितिले गैरकानुनी रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विषयमा गम्भीर प्रश्न उठेको छ । यसले गर्दा साधारण सभा अव्यवस्थित बनेको र बैठक नै स्थगित गर्नुपरेको जनाइएको छ । सञ्चालक समितिको लफडाले संस्थाको वित्तीय अवस्था पनि गम्भीर संकटतर्फ धकेलिएको देखिन्छ । कम्पनीमा कालोसूचीमा परेका लगानीकर्ताले सीईओ नियुक्त गर्न खोजेको भन्दै तीव्र विरोध भइरहेको छ । गोर्खाज फाइनान्सको अध्यक्ष गौरव बुढाथोकीका साथै सञ्चालक सदस्यहरूमा कल्पना खापुङ, युबराज राई, नरेन्द्र कुमार अग्रवाल, र निलम बोहरा रहेका छन् । तर, सञ्चालक समितिभित्रै विभाजन देखिएको छ, जसका कारण व्यवस्थापन प्रक्रियामा असहमति चुलिएको छ । वर्तमान सीईओ प्रकाश चन्द्र अधिकारीलाई सञ्चालक समितिको पुष १४ गतेको ५०३औं बैठकले आगामी चार वर्षका लागि नियुक्त गरेको थियो । तर, शेयरधनीहरूले अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबी गरेका … Continue reading गम्भीर संकटमा गोर्खाज फाइनान्स, विवादकै कारण साधारण सभा स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed