बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरणबारे नयाँ व्यवस्था गरिँदै, अध्ययन समिति गठन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरणको नयाँ व्यवस्था गर्ने तयारी गरेको छ। नेपाल बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरेको हो ।
बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रोग्मीको संयोजकत्वमा बीमा अभिकर्ता, सर्भेयर, जीवन बीमक, निर्जिवन बीमक संघ, लघुबीमकको प्रतिनिधित्वमा यस बिषयमा समिति गठन गरी एक सातासम्ममा प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ।
पेशाागत बीमा अभिकर्ता, सर्भेयर, जीवन बीमक, निर्जिवन बीमक संघ, लघुबीमकका प्रतिनिधिहरुले अध्ययन गरी आफना सुझावहरु पेश गर्नेछन् । सो को आधारमा अध्ययन प्रतिवेदन तयार हुनेछ ।
बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालदसँगको भेटवार्तामा बीमा अभिकर्ताहरुले श्रमजीवी अभिकर्ता प्रतिनिधिहरु बीमा क्षेत्रमा कार्यरत रहेकाले अझ धेरै नयाँ अभिकर्ता थप हुने आकर्षक प्याकेजहरु थप गरी दिन माग गरेका छन् ।
साथै नेपालको बीमा नीति २०८०, बीमा ऐन २०७९, बीमा नियमावली २०४९, नेपाल बीमा प्राधिकरणले विगतमा विभिन्न समयमा जारी गरेका निर्देशिकाहरु र पेशागत बीमा अभिकर्ता संघ नेपालसँग विगतमा इन्सेन्टिभ लगाएतका विभिन्न मितिमा भएका सम्झौताहरु समेतका आधारभूत विषयहरु तालिमको पाठ्क्रममा समावेश गरि नयाँ अभिकर्तालाई बीमा सेवा प्रवेशमा आकर्षण प्रदान गर्न समेत आग्रह गरेका छन् ।
त्यस्तै, सर्भेयरहरुले भने इन्टर्नशीप, कार्यक्षमता अभिवृद्धि सम्बन्धी मौखिक सुझावहरु पेश गरेका छन् ।