एनआरएन इन्फ्रास्टक्चर र न्यादी हाइड्रोपावरको सर्वाधिक शेयर खरिद–बिक्री, कसको कति भयो कारोबार ?
२९ पुष २०८१, सोमबार १५:०५
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक घटेतापनि एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावरको २८ करोड २७ लाख रुपैयाँ, हिमालयन पावरको पार्टनरको १५ करोड ६० लाख रुपैयाँ, सिन्धु विकास बैंकको १३ करोड रुपैयाँ र सानिमा मिडिल तमोर हाइड्रोपावरको १२ करोड ९९ लाख रुपैयाँका्े शेयर कारोबार भएको छ ।