प्राइम कमर्सियल बैंकद्वारा करोडौं कर छली, बक्यौता नतिरी लाभांश वितरण

काठमाडौँ । प्राइम कमर्सियल बैंकले लामो समयदेखि कर छलि गर्दै आएको तथ्य खुलासा भएको छ । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका अनुसार कैलाश विकास बैंकसँग मर्जर भएपछि उत्पन्न दायित्वलाई प्राइमले पुरा नगरेको देखिएको हो । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेर कैलाश विकास बैंक बनेको थियो । २०७८ फागुनमा कैलाश बैंक प्राइम कमर्सियल बैंकमा विलय भयो । गाभिएर कैलाश बनेको नेपाल एक्सप्रेस फाइनान्स स्थायी लेखा नम्बर ३०२१३३५१४ ले आ.व २०७३ सालदेखि कर तिरेको छैन । मर्जर र विलय प्रक्रिया सम्पन्न भएसँगै यो एक्सप्रेसको दायित्व प्राइमको जिम्मामा आएको हो । तर, आफ्नो दायित्वमा आएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि बैंकले यो बक्यौता तिर्न कुनै पहल गरेको छैन । प्राइम कमर्सियल बैंकको अध्यक्ष राजेन्द्र दास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको नेतृत्वमा बैंकले दायित्व पूरा गर्न आनाकानी गर्दै आएको छ । व्यवस्थापनको यो बेवास्ताले राज्यलाई ठूलो आर्थिक नोक्सान पु-याएको छ । राज्यलाई तिर्नुपर्ने करोडौं रकम अझैसम्म असुल हुन सकेको छैन, जसले बैंकको वित्तीय पारदर्शिता र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । एक्सप्रेस फाइनान्सले ८ वर्षको कर तिरेको छैन ।  नेपाल एक्सप्रेस फाइनान्सको कर तिर्ने जिम्मेवारी मर्जरपछि प्राइममा आएको भए पनि बैंकले यो दायित्व पूरा गर्न उदासीनता देखाएको छ । आन्तरिक राजस्व कार्यालयका अनुसार बैंकले जानाजानी बक्यौता भुक्तानी नगर्दा … Continue reading प्राइम कमर्सियल बैंकद्वारा करोडौं कर छली, बक्यौता नतिरी लाभांश वितरण