गोर्खाज फाइनान्सको साधारण सभा भाँडियो, व्यवस्थापन पक्षमाथि प्रश्न
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले आज अर्थात् पुष २९ गते बोलाएको वार्षिक साधारण सभा बाँडिएको छ । आवश्यक गणपुरक संख्या नपुगेका कारण स्थगित गरिएको जनाएको हो ।
कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी कम्पनी सचिवले दिएका छन्। अर्को सूचना जारी नभएसम्मका लागि सभा रोकिएको जनाइएको छ।
सभामा शेयरधनीहरूबीच समन्वयको अभाव देखिएको र यसले गर्दा सभा अव्यवस्थित बन्न पुगेको बताइएको छ। साधारण सभामा उपस्थित नहुने परिपाटी र व्यवस्थापनले समयमै समन्वय गर्न नसक्दा यस्तो समस्या आएको विश्लेषण गरिएको छ।
गत वर्षको वित्तीय प्रतिवेदन, बोनस सेयर, लाभांश र आगामी योजना पारित गर्न बोलाइएको यस सभामा शेयरधनीहरूको सहभागिताको कमीले कम्पनीप्रतिको विश्वासमा प्रश्न उठाएको छ। यस्तो स्थिति उत्पन्न हुनु व्यवस्थापन पक्षको कमजोरीका साथै शेयरधनीहरूको असन्तुष्टिलाई संकेत गर्ने देखिएको छ।
यस किसिमको घटनाले गोर्खाज फाइनान्सको व्यवस्थापन क्षमतामाथि नै शंका उत्पन्न गराएको छ। वित्तीय संस्थाको आधारभूत जिम्मेवारीभित्र पर्ने वार्षिक साधारण सभा आयोजना गर्न नसक्नुले कम्पनीको स्थायित्व र पारदर्शितामाथि समेत असर पर्न सक्ने देखिन्छ।