अमेरिकी डलर स्थिर, अन्य मुद्राको विनिमयदर कति?
२९ पुष २०८१, सोमबार ०७:५५
काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ उच्च मूल्यमा स्थिर रहेको छ। यस दिन एक डलरको खरिदमूल्य १३७.२५ रुपैयाँ र बिक्रीमूल्य १३७.८५ रुपैयाँ कायम रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक यूरोको खरिददर १४०.६२ रुपैयाँ र बिक्रीमूल्य १४१.२३ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिदभाउ ८४.३८ रुपैयाँ र बिक्रीभाउ ८४.७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै आज १० जापानिज यनको खरिददर ८.७० रुपैयाँ र बिक्रीदर ८.७४ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ कायम भएको छ भने एक कुवेती दिनारको खरिदमूल्य ४४४.६१ रुपैयाँ र बिक्रीदर ४४६.६५ रुपैयाँ तोकिएको छ।