एनआईसी एशिया बैंकको ब्याजदर स्थिर, कुन खातामा कति?

२९ पुष २०८१, सोमबार ०७:२५

काठमाडौं । एनआईसी एशिया बैंकले माघ महिनाका लागि पनि पुसकै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महीना अवधिका लागि ३.५० प्रतिशत, ३ महीनादेखि माथि १२ महीनाभन्दा कम अवधिका लागि ४ प्रतिशत, १२ महीनादेखि ५ वर्षभन्दा कम अवधिका लागि ५ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६० प्रतिशत ब्याजदर तोकेको छ।

संस्थागततर्फ ६ महीनादेखि २ वर्ष अवधिका लागि ३ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५.६० प्रतिशत ब्याजदर तोकेको छ।

त्यस्तै साथि बचत खातामा ५.१० प्रतिशत, सर्वश्रेष्ठ रेमिटेन्स बचत खातामा ६.१० प्रतिशत र अन्य बचत खातामा ३.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। बैंकको आधार दर (मंसिर २०८१) ८.०४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*