‘सिटिजन बचत वृद्धि योजना’ के हो ?, यस्ता छन् फाइदै-फाइदा (भिडियोसहित)

‘बचतको वृद्धि-भविष्यमा बहार, नियमित सुरक्षा-सिटिजनको उपहार’
राजन कठायत
२९ पुष २०८१, सोमबार १७:३०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन बचत वृद्धि योजना’ अत्याधिक बिक्री हुँदै आएको एक युनिभर्सल जीवन बीमा योजना हो । हाल कम्पनीले विभिन्न राइडर सेवा सुविधाहरुसहितका १० वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका ३२ हजारबढी बीमा अभिकर्ताहरुले देशभरी रहेका १३६ वटा शाखा कार्यालयबाट आम नागरिकहरुको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । यस योजनालाई नागरिकहरुले कम्पनीको व्यवस्था गरेको डिजिटल प्लाटफर्मको प्रयोग गरेर समेत सजिलै खरिद गर्न सक्नेछन् ।

कम बीमाशुल्कमा अधिक बचत, रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै नै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चिततामा सहयोग पुर्याउदछ ।यसमा मानिसलाई बचतको ब्याजसहित जीवनमा आइपर्ने जोखिमको समेत रक्षावरण गराउँन मद्दत गर्ने छ । सिटिजन लाइफ इन्स्यारेन्सको यस योजनाले आम सर्वसाधारणहरुलाई बचत वापतको ब्याजका साथै जीवनमा आइपर्ने कैयौं जोखिमहरुको रक्षावरण समेत प्रदान गर्नेछ ।

सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ । यो एक प्रकारको स्थायी जीवन बीमा योजना हो जसमा जबसम्म बीमाशुल्क भुक्तानी हुन्छ तबसम्म बीमालेखले दिने सुरक्षा कायम रहन्छ । बीमा योजनाहरूले प्रदान गर्ने अतिरिक्त बचत र भविष्य–केन्द्रित लाभहरू चाहने व्यक्तिहरूको लागि यस सिटिजन बचत वृद्धि योजना एक उत्कृष्ट विकल्प हो ।

आज हामी सिटिजन लाइफ इन्स्योरेन्सको उत्कृष्ट तथा जनमानसमा सर्वाधिक लोकप्रिय बीमा योजना ‘सिटिजन बचत वृद्धि योजना’ को बारेमा समिक्षा गरेका छौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? यसका के–के फाइदाहरु छन् ? यस योजनामा बोनशको सट्टा ब्याज कसरी पाइन्छ ? भन्नेबारे यहाँ कम्पनीका तालिम तथा विकास विभाग प्रमुख कुबेर पाठकसँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सम्पादित अंशः

 

यस योजनामा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भनेको बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसंग सम्बन्धित खर्चहरु (यदि भएमा) घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने संचित रकम हो ।

न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै तह र तप्कामा रहनुभएका मानिसहरुले सर्वाधिक रुचाएको बीमा योजना हो, ‘सिटिजन बचत वृद्धि योजना’ । मानिसहरुको जीवनमा दैनिक रुपमा हजारौं घटनाहरु घटिरहेका हुन्छन्, त्यसबाट भएको सामान्य क्षतीमा समेत यस योजनाले सुरक्षा प्रदान गर्दछ ।

विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको व्यवहारिक बीमा योजना हो ।

साथै, सिटिजन बचत वृद्धि योजना खरिद गरेका बीमितहरुले बीमा शुल्क भुक्तानीका लागि एकल, वार्षिक, अर्ध वार्षिक, त्रैमासिक मध्ये एक रोज्न सक्नेछन । कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा योजनालाई आम नागरिकले सर्वाधिक रुचाएको धारणा व्यक्त गरेका छन् । यस योजनामा दुर्घटना मृत्यु लाभ, स्थायीपूर्ण अशक्तता लाभ र स्थायी आशीक लाभ लगायतका उत्कृष्ट राइडर सेवा सुविधा समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।

बीमालेख खरिद गर्ने उचित समय कुन हो ?

जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ । अर्थात आज नै जीवन बीमा गर्ने उचित समय हो, हुन सक्छ ।

सिटिजन लाइफ इन्स्योरेन्स ले यो योजनामा सहभागि हुनका लागि सरल र व्यवहारिक मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा न्यूनतम १८ वर्षदेखि ५५ वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।

मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मापदण्डहरु लागु गर्न आवश्यक हुन्छ ।

न्यूनतम् बीमाशुल्कः                                                    नियमित भुक्तानीको हकमा १ लाख २० हजार
र एकल भुक्तानीको हकमा ३७ हजार पाँच सय रुपैयाँ,
अधिकतम् बीमांक रकमः                                           बीमितको आयको आधारमा,
न्यूनतम प्रवेश उमेरः                                                   १८ वर्ष
अधिकतम प्रवेश उमेरः                                               ५५ वर्ष
बीमा परिपक्क अवधिः                                                २० वर्ष
बीमा समाप्ति पुग्ने अधिकतम् उमेरः                             ७० वर्ष

बीमा शूल्क भुक्तानी तरिकाः                                        एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक

लाभहरू/ विशेष सुविधाहरू

बीमा समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिसम्म जम्मा भएको अकाउन्ट भ्यालुमा रहेको रकम भुक्तानी दिइनेछ । बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम वा बीमितको मृत्यु भएको दिनको अकाउन्ट भ्यालु मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ ।

बीमा समाप्ती मिति सम्म बीमित जीवित रहेमा र बीमा अवधिभर सम्पूर्ण नवीकरण बीमाशुल्क नियमित मितिमा भुक्तानी गरेको अवस्थामा बीमा समाप्ती मितिमा पछिल्लो ६० महिनाको औषत अकाउन्ट भ्यालुको ३ (तीन) प्रतिशतले हुने रकम लोयल्टी रिवार्ड वापत प्रदान गरिनेछ । यस बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमालेख ऋण, सो ले आर्जन गरेको ब्याज (कुनै भए) र कुनै बक्यौता रकम भए सो रकम घटाई बांकी रकम भुक्तानी दिइनेछ ।

दुर्घटनाबाट मृत्यु वा स्थायी पूर्ण अशक्तता वा स्थायी आंशिक अशक्तता भएमा थप लाभः

बीमालेख लागू मिति पछि यस खण्डमा लागू हुने शर्त, अवस्था र अपवादहरुका अधिनमा रहि बीमितको दुर्घटनाबाट मृत्यु वा स्थायी पूर्ण अशक्तता वा स्थायी आंशिक अशक्तता भएमा बीमकले निम्नानुसारको लाभ भुक्तानी गर्नेछ ।

दुर्घटनाबाट मृत्यु भएमाः
दुर्घटनाको घाउचोटको परिणाम स्वरुप दुर्घटना भएको मितिले १८३ (एक सय त्रियासी) दिन भित्र बीमितको मृत्यु भएमा दुर्घटनाको बीमाङ्क रकम, र बीमाङ्क रकम वा बीमितको मृत्यु भएको दिनको अकाउन्ट भ्यालु जुन बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ ।

स्थायी पूर्ण अशक्तता भएमाः
दुर्घटनाको घाउचोटको परिणाम स्वरुप दुर्घटना भएको मितिबाट ३६५ (तीन सय पैसठ्ठी) दिन भित्र बीमित स्थायी पूर्ण अशक्तता रहेको अवस्थामा वा देहाय बमोजिम स्थायी पूर्ण अशक्तता भएमा स्थायी पूर्ण अशक्तता अन्तर्गतको बीमाङ्क रकम र अकाउन्ट भ्यालु भुक्तानी दिइनेछ । सो पश्चात् यस बीमालेखमा कुनै रक्षावरण हुने छैन ।

योजनामा समावेश राइडर सेवा सुविधाहरु

१) दुर्घटना मृत्यु लाभ (एडीबि)
यस योजनामा बीमितले पाउले दुर्घटना मृत्यु लाभ (एडीबि) राइडर सुविधाको लागी थप भुक्तानी गनुपर्दैन् । यो सुविधा बीमितले तिरेको बीमाशुल्कमा नै समावेश हुन्छ । यस राइडर सेवामा बीमांक रकम वा १ करोड मध्ये जुन कम छ, सोही रकम बीमितलमई उपलब्ध गराइने प्रावधान रहेको छ ।

२) स्थायीपूर्ण अशक्तता लाभ (पीटीडी)
यस राइडरमा पनि कम्पनीले बीमांक रकम वा १ करोड मध्ये जुन कम छ, सोही रकम बीमितलमई उपलब्ध गराइने प्रावधान रहेको छ ।

३) स्थायी आंशीक अशक्तता लाभ (पीपीडी)
यस राइडर सुविधामा यदि बीमितको दुर्घटना भएमा पूरक करारको अधिनमा रही दुर्घटना लाभ अन्तर्गत दुर्घटना खर्च लगायतका अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

कर्जा सुविधा
बीमालेख उपर कानूनी स्वामित्व भएको सन्तोषजनक प्रमाण पेश गरेको खण्डमा समर्पण मूल्य भएको बीमालेखको धितोमा कुनै पनि समयमा बीमकबाट कर्जा प्राप्त गर्न सकिनेछ । कर्जा रकम बढीमा समर्पण मूल्यको ९० प्रतिशत सम्म र घटीमा एक हजार रुपैयाँसम्म हुनेछ । कुनै पनि समय कर्जा फिर्ता गर्न सकिनेछ ।

बीमकले समय समयमा निर्धारण गरे बमोजिमको दरले बीमालेख कर्जामा ब्याज लगाइनेछ । कुनै पनि अवस्थामा कर्जा रकम र तिर्न बांकी ब्याज समर्पण मूल्य भन्दा बढी भएमा बीमालेख जफत गरी कर्जा रकम तथा तिर्न बांकी ब्याज असुल उपर गरिनेछ ।

बीमालेख समर्पण
बीमाशुल्क रकम वार्षिक/अर्धवार्षिक/त्रैमासिक किस्ताबन्दीमा भुक्तानी गरिने बीमालेखको हकमा पूरा तीन वर्षको बीमाशुल्क भुक्तानी भई बीमा प्रारम्भ मितिबाट तीन वर्ष अवधि पूरा भए पश्चात् तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा बीमा प्रारम्भ मितिबाट तीन वर्ष अवधि पूरा भए पश्चात् बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ ।

कसरी बीमा पोलिसी खरिद गर्ने ?
कम्पनीका देशभरी रहेका ३२ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका १३६ कार्यालय सञ्जाल मार्फत खरिद गर्न सकिनेछ । साथै, यस योजनालाई डिजिटल रुपले केन्द्रिय कार्यालयमा सम्पर्क राखेर समेत नागरिकले खरिद गर्न सक्ने व्यवस्था रहेको छ । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ ।

दावी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीले सहज रुपमा निरन्तर रुपमा दावी भुक्तानी गरिरहेको दावी समेत गरेको छ । बीमा योजना खरिद गर्दा खेरी निर्धक्कका साथ खरिद गर्न सकिनेछ । कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सहजीकरण गर्दै यथासक्य चाँडो दावी दिने ब्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*